उर्लाबारी । झापाको दमकमा बुधबार राति धारिलो हतियार प्रहार गरी एक युवाको हत्या भएको छ ।
दमक नगरपालिका वडा नम्बर ६ मा रहेको घिमिरे मार्केटमा बुधबार राति करिब ७ बजेतिर अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
घाँटी र आखाँमा धारिलो हतियार प्रयोग भएको पाइएको छ । घटना के कारणले कसले घटाएको हो भन्ने विषयमा अहिले सम्म केही नखुलेको दमक प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाबारे गम्भीर रूपमा आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ । केहीलाई पक्राउ गरेको भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।























