दमक । झापाको दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको छ । दमक ६ स्थित एक पसलमा कार्यरत पराजुलीको हत्यामा संलग्नको पहिचान गरी तत्काल पक्राउ गर्न दबाब दिदैं पराजुली परिवारले शव बुझन इन्कार गरेका छन । मृतक पराजुलीका दाजुनरप्रसाद पराजुलीले निष्कर्ष न्यूजंगको कुराकानीमा भने– हाम्रो अरु कुनै गलत उद्धेश्य छैन , अपराधी पहिचान गरेर पक्राउ गर्नुपर्छ भन्ने हो । उनले भने– हाम्रो मान्छेको ज्यानको सवाल छ कुनै पनि हालतमा अपराधी पक्राउ पर्नुपर्छ र हदै सम्मको कारवाही हुनुपर्छ । प्रकाशको शव विर्तामोडस्थित बिएण्डसी अस्पतालमानै रहेको छ ।मृतक पराजुलीका बुबा देवीचरण पराजुलीले बुधबार राती साढे ७ बजेतिर आफनो छोरा मारिएको खबर सुनेका हुन । म बेलुका घरमै थिएँ घटना यस्तो भयो भनेर त्यहाँ पसलतिरका साथीभाईहरु मलाई लिन जानु भयो । ५४ बर्षिय देवीचरणले भने –पाँच भाई मध्ये काइँलो छोरो हो प्रकाश । गाउँघरमा कसैसंग ननिको थिएन । गाउँमा कोही दुश्मन भए जस्तो लाग्दैन यता बजारतिरको कुरो मलाई थाहा भएन । घटना गराउने अपराधी पक्राउ गरेर आफूहरु माथिको अन्यायलाई कम गर्न परिवारको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय