काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ४८३ र एन्टिजेन विधिबाट २ हजार ५१४ एन्टिजेन परीक्षण गरिएकोमा १८९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २१ हजार ३४७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२८ जना रहेको छ ।
हालसम्म ९० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।























