काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
नेकपा एमालेका सांसदहरुको विरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।
सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।
आफ्नो माग सम्बोधन नभएपछि प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संघीय संसदका दुवै सदनमा विरोध प्रदर्शन गरिरहेको छ ।























