काठमाडौँ। कैलालीका २५ वर्षीय अर्जुन दासको हत्याबारे सार्वजनिक अडियो दासकी श्रीमतीलाई पठाउने युवक पक्राउ परेका छन् ।

प्रहरीले मेसेन्जरमा भिडियो पठाउने युवकलाई आइतबार साँझ पक्राउ गरेको जनाएको छ ।

यद्यपि प्रहरीले पक्राउ परेका युवकको नाम भने सार्वजनिक गरेको छैन ।

शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए ।

हत्याबारे भिडियो दासकी श्रीमतीको मेसेन्जरमा आएपछि उनी प्रहरी समक्ष पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय