उर्लाबारी । उर्लाबारी नगरपालिकाको गौरब योजना बक्राहा घाट निर्माणको काम अघि बढाउन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो अग्रसर हुनुभएको छ ।
आज संचारकर्मीहरुसँगको भेटमा कुराकानी गर्दै मेयर फागोले सबैको साथ र सहयोगमा ब्यवस्थित बक्राहा घाट निर्माण गर्न लागिएको बताउनुभएको हो । उहाँले बक्राहा घाट निर्मँणका लागि प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै संचारकर्मीलगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । खोला वारी पारी भन्दा पनि संयुक्त घाट निर्माण गर्न मेयर फागोलाई संचारकर्मीहरुले सुझाव पनि दिएका छन् । सोही क्रममा सञ्चार क्लब नेपालको भवन निर्माणका लागि डिपिआर तयार गर्ने, भवन निर्माणलगायतका बारेमा छलफल सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । छलफलमा क्लबका पूर्वअध्यक्षहरु म्दनबाबु प्रसाई, केदार चौहान, रुपेन्द्र शेर्मा, घनश्याम भण्डारी, सरोज बस्नेत, उपाध्यक्ष कुमार खड्का, पूर्वमहासचिब किशोर श्रेष्ठलगायत सहभागी रहनु भएको थियो ।   सोही क्रममा उर्लाबारी वडा नं. ६ सुदर्शन टोल(बाँध डाँडा) सडक विस्तारलगायतका बारेमा पनि छलफल गरिएको थियो । मेयर फागोले नगरपालिकाले प्राथमिकताका आधारमा विकास निर्माणका कामहहरु अघि बढाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय