काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ४७३ र एन्टिजेन विधिबाट ४ हजार ६१६ एन्टिजेन परीक्षण गरिएकोमा २९० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार २२७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेको छ ।

हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय