विराटनगर । विराटनगर महानगरपालिकका प्रमुख भीम पराजुली नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी बनेका छन् ।
पराजुली खस आर्य कोटाबाट विजयी बनेका हुन् । पराजुलीले १ हजार ९ सय १४ मत ल्याएर विजयी बनेका हुन् । सोही कोटाबाट केशवकुमार बुढाथोकीले २ हजार ५३ र गोविन्दकुमार शाहले २ हजार २४ मत प्राप्त गरेका हुन् ।























