काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ५१० र एन्टिजेन विधिबाट २ हजार ११६ एन्टिजेन परीक्षण गरिएकोमा २९३ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार ७५६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेको छ ।
हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८१ जना पुगेको मन्त्रालयले जनाएको छ ।























