उर्लाबारी । पूर्वी मोरङकै अग्रणी उर्लाबारी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा पुन ः पुष्प ढकाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
निर्वाचन कार्यक्रम अन्र्तगत क्याम्पस संचालक समितिमा सर्वसम्मत चयन गरिएको हो । समितिको अध्यक्षमा पुन : ढकाललाई चयन गरिएको छ ।
उपाध्यक्षमा बिशाल आङ्देम्बे निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा तेजकुमार कार्की, गजेन्द्र दंगाल, कृष्णराज गुरुङ, ज्ञानेन्द्र ओली, प्रेम डाँगी, रमेश श्रेष्ठ, हरिबाबु दाहाल, योगेन्द्र कटुवाल, गीतादेवी खतिवडा, बरुण लाबुङ र कमलनारायण मल्लिक सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचत आयुक्त हस्तबहादुर भट्टराईले जानकारी दिनुभयो ।
संचालक समितिको बैठकबाटै सदस्यमा मीनप्रसाद दाहाल मिलन र मुक्ति न्यौपानेलाई मनोनयन गरिएको छ । क्याम्पसको सदस्य सचिवमा वेधराज भट्टराई रहनुभएको छ ।























