काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ ।
आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँगको छलफलमा स्थानीय तहको निर्वाचन २०७९ वैशाख १४ गते एकै दिनमा गर्ने प्रस्ताव गरेका छन् ।
आयोगले एकै दिन गर्न सक्ने अवस्था नरहे वैशाख १४ र २२ गते गरेर निर्वाचन गर्न सकिने प्रस्ताव गरेको हो ।























