काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ६० र एन्टिजेन विधिबाट ३ हजार ८३८ एन्टिजेन परीक्षण गरिएकोमा २६० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २३ हजार १६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १० हजार २७१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ ।
हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।























