उर्लाबारी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वको चर्चा सुरु भएको छ ।
नयाँ नेतृत्वका लागि पौष १२ गते विहान १० बजेदेखि ३ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको हो । समितिको नेतृत्वका लागि उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष तथा वर्तमान सचिब चिन्तामणि पौडेलको सशक्त दाबी गरेको छ । उहाँलाई यस पटकको नेतृत्व प्रदान गर्ने यसअघि नै सहमति भएको बुझिएको छ । नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत रहनु भएका पौडेल लोकप्रिय वडाध्यक्ष पनि मानिनुहुन्छ । त्यस्तै, कांग्रेसबाटै दिपेन्द्र धिमाल र केशब कार्कीको नाम पनि चर्चामा छ । त्यस्तै, एमालेबाट वर्तमान अध्यक्ष भूपाल सिं जिमी, मेघराज श्रीमालीलगायतको नाम अध्यक्षमा चर्चा छ । त्यस्तै, माओवादी केन्द्रबाट पनि प्रमोद निरौलाको नाम चर्चामा छ ।























