काठमाडौं। हिजो आइतबारदेखि शुरू भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र शुरू हुँदै छ ।
आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान ११ बजेका लागि तय भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र विधानलगायत प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुने बताइएको छ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
विचारको महाविधेशनकोरूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कुल १ हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । माओवादीले प्रज्ञा भवनमै आइतबार महाधिवेशनको उद्घाटन गरेको थियो । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।























