काठमाडौं । कागेश्वरी मनोहरा-१ को गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।
३३ वर्षीया धनमाया तामाङको सडक किनारामा मृत्यु अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तम सुवेदीले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।























