उर्लाबारी । पदका लागि मान्छेले कतिसम्म मरिहत्ते गर्छन् भन्ने उदाहरण उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन हेरे हुन्छ । राप्रपाको केन्द्रीय सदस्य भइसकेका ब्यक्ति संस्थाको सदस्य पदको उम्मेद्वार बनेका छन् । राजनीति क्षेत्रमा नेतृत्व गरिरहेका ब्यक्ति पनि सदस्य पदका लागि मरिहत्ते गरिरहेका छन् । ३ सदस्यका लागि १४ जनाको उम्मेद्वारी परेको छ । नेकपा माओवादी केन्द्र उर्लाबारीका नगर अध्यक्ष पनि सदस्यको उम्मेद्वार बनेका छन् भने नेकपा एकीकृत समाजवादीका उर्लाबारी नगर अध्यक्ष डिबी थापा पनि लेखा समितिको संयोजकको उम्मेद्वार बनेका छन् । त्यस्तै, नेपाली कांग्रेस उर्लाबारी–७ का सभापति मदनकुमार प्रसाई पनि सदस्य बन्न दौडधुप गरिरहेका छन् ।
खुल्ला सदस्यमा चन्द्रप्रसाद भट्टराई, देवीप्रसाद खनाल, सिताकुमारी पराजुली, कृष्णबहादुर भण्डारी, सुभाष भण्डारी, भीमप्रसाद भट्टराई, रामकुमार राई, पदम रिजाल, पवन भट्टराई, अम्बिका बोहोरा क्षेत्री र मानबहादुर धिमालले पनि उम्मेद्वारी दिएका छन् ।
संस्थाको अध्यक्षमा चिन्तामणि पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षमा पौडेलको मात्र उम्मेद्वारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष, सचिव, उपाध्यक्ष भइसकेका उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष पौडेल उर्लाबारी खानेपानीको आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् । खानेपानीको उपाध्यक्षमा उपाध्यक्षमा प्रेम उपाध्याय, सचिवमा मेघराज श्रीपाली र कोषाध्यक्षमा तेजकुमारी खतिवडा, महिला सदस्यमा हरिकुमारी राई र रुकमिनी खनाल सर्वसम्मत चयन भएका छन् । लेखा समिति संयोजकमा ढकबहादुर थापा र जगन्नाथ भण्डारीको उम्मेद्वारी परेको छ भने २ जना लेखा सदस्यमा यमुना राई, चेतनाथ सिग्देल र हेमकुमारी गजुरेलले उम्मेद्वारी दिएका छन् ।
अध्यक्षसहित एक सदस्य कांग्रेस, उपाध्यक्ष, सचिब, कोषाध्यक्षसहित १ सदस्य एमाले, १÷१ सदस्य माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपालाई दिने सहमति भएको थियो भने नेकपा एकीकृत समाजवादी पार्टीलाई लेखा समिति संयोजक दिने सहमति थियो । सहमति विपरीत अधिकांश उम्मेद्वारी दर्ता भएका छन् । एकीकृत समाजवादीले बढी भाग खोज्दा सबै पदमा सर्वसम्मत हुन नसकेको बुझिएको छ । आज सबै पदमा सर्वसम्मत गराउने पहल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय