उर्लाबारी । नेकपा एमाले शाखा कमिटी उर्लाबारी वडा नं. ३ ले जेब्राक्रस बनाउने क्रममा सडकमा पार्टीको प्रचार गरेको भन्दै विरोध जनाएका छन् ।
योसेक क्लबका संरक्षक जितेन चोङ्बाङले सामाजिक सञ्जालमार्फत त्यसको विरोध जनाए । उनले जेब्राक्रस बनाउने नाममा सडकमा पार्टीको प्रचार गरेको भन्दै कडा आलोचना गरेका छन् ।


सामाजिक सञ्जालमा यस्तो छ

Jeeten Chongbang

यो सार्वजनिक सडकलाई कुनै पार्टीको चुनाउ चिन्ह रंग्याउने अधिकार कस्ले दियो? यस्ता गतिविधि तुरुन्त रोकिनु पर्छ। यस्तो दिमाग चै का बाट फुर्छ हौउ हाम्रा कमरेड ज्यूहरुलाई!! अनि ती पोशक र डिउटीमा रहेका ट्राफिक प्रहरीले के हेरी बसेको छ? कि उनलाई ऐमालेले तलब भत्ता दिन्छ? भोलि अन्य पार्टीले पनि यसो गरे के होला? सार्वजनिक सम्पत्ति को दुरुपयोग नगरौं साथि हो?
सडक बाल्ने देखि रंग्याउने सम्म ….!!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय