काठमाडौं । सामुदायिक विद्यालयमा १३ हजार जना शिक्षकका लागि आवेदन खुला गरिएको छ ।
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि १३ हजार ९३ पदका लागि आवेदन खुला गरेको हो ।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरूले आवेदन दिन सकिने आयोगले बताएको छ ।
आयोगको अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दिने म्याद एक महिना निर्धारण गरिएको छ । लिखित परीक्षा ०७८ चैत १९ गते हुने आयोगले जनाएको छ ।























