काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कार र संस्कृतिमा आ–आफ्नै विशिष्ट पहिचान र विशेषता रहेको बताएका छन् ।

तमु ल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । ‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्,’ प्रधानमन्त्री देउवाले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।’

उनले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै उनले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरेका छन् ।

आज बिहीबार तमु जातिले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुलाई विश्वास गरी ल्होसार पर्व मनाउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय