काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूहमा गरिएको छलफल सकिएको हो ।
समूहगत छलफल सकिएसँगै स्थायी कमिटीको बैठक बसेको छ ।
बैठकमा फरक मतलाई वाचन गर्न दिने नदिनेबारे छलफल हुने बताइएको छ ।
२५ समूहका टोली नेताले वुधबारदेखि छलफलको निष्कर्ष सुनाएका थिए ।
अब शुक्रबार १ बजे बैठक बस्नेछ । अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्डले जवाफ दिनेछन् ।























