काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ८१४ र एन्टिजेन विधिबाट २ हजार ८३ एन्टिजेन परीक्षण गरिएकोमा २४१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २४ हजार ३९८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ११ हजार ७४६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेको छ ।
हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९० जना पुगेको मन्त्रालयले जनाएको छ ।























