उर्लाबारी । मोरङको उर्लाबारीमा बक्राहा घाट निर्माणका लागि सडक विस्तार गरिएको छ । २० फिटको सडक विस्तार गरिएको र सडक ग्राभेल गर्ने तयारी भइरहेको जनाइएको हो । दाताहरुले दिएको ४ विघा क्षेत्रफलमा आधुनिक बक्राहा घाट निर्माण गर्ने नगरपालिकाले तयारी गरिरहेको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा घाट निर्माणको प्रक्रिया अघि बढेको हो । उर्लाबारी वडा नं. ४ मा आधुनिक घाट निर्माणको प्रक्रिया अघि बढिसकेको स्थानीय सर्वजित भण्डारीको भनाई छ । मेयर फागो स्वम् घाटका आगि आवश्यक पर्ने जग्गा खोज्नेदेखि सडक विस्तारसम्म खटिनुभएको उहाँको भनाई छ ।
उर्लाबारी नगरपालिकाले यसअघि नै बक्राहा घाट निर्माण गर्ने योजना बुनेको भएपनि जग्गाको अभावका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । मेयर फागोले जग्गाधनीहरुसँग पटक पटक छलफल गरेपछि घाट निर्माणका लागि ४ विघा जग्गा दिन राजी भएका थिए । स्थानीय विनोद दाहालको नेतृत्वमा रहेको जग्गा खोज समितिले ४ विघा जग्गा नगरपालिकालाई दिन पहल गरेको थियो ।























