उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले महिलाहरुले सिप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।
आज उर्लाबारी नगरपालिका वडा नं. २ गरेको १५ दिने स्विटर बुन्ने तालिमको समापनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । तालिम लिनु ठूलो कुरा नभएको उल्लेख गर्दै आफुले सिकेको सीपलाई रोजगारको रुपमा प्रयोग गर्न मेयर फागोले तालिममा सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले सीपमूलक तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । वडाध्यक्ष राजनकुमार कँडेललगायतको सहभागीता रहेको थियो ।























