उर्लाबारी । आगामी जेठ ३१ गते हुने जिल्ला समन्व्य समिति मोरङको निर्वाचनका लागि नेकपा एमाले मोरङले सम्पुर्ण उम्मेद्वार तय गरेको छ । यसअघि प्रमुख र उपप्रमुख टुंगो लगाएको एमाले मोरङले आज बसेको पदाधिकारी बैठकबाट सबै सदस्यहरुको टुंगो लगाएको हो ।
जिसस प्रमुखमा सुन्दरहैचाका अजम्मर राई र उपप्रमुखमा रंगेलीकी उषा झा ठाकुर उम्मेद्वार रहनुभएको छ । यस्तै महिला सदस्यमा मिक्लाजुङकी उमा नेपाली, लेटाङकी हरिमाया विश्वकर्मा र ग्रामथानकी उर्बसी थारु, दलित सदस्यमा धनपालथानका चन्द्र सरदार, अन्य सदस्यमा उर्लाबारीका मित्रप्रसाद ढकाल, विराटनगरका तुलसी घिमिरे र रंगेलीका देवमणी कटुवाल उम्मेद्वार चयन गरेको एमाले जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो । मोरङ जिल्लामा एमालेको बहुमत रहेको छ । जिससको निर्वाचनमा जिल्लाभित्र रहेका पालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।























