उर्लाबारी, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रतिबद्धता अनुरुप मंगलबारे क्षेत्रमा शुक्रबारबाट नियमित खानेपानी आपूर्ति हुन थालेको छ ।

सामुदायिक मंगलबारे खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट नगरपालिकाले व्यवस्थापकीय जिम्वेवारी लिएपछि २४ सै घण्टा खानेपानी आपुर्ति हुन थालेको हो । खानेपानी आपुर्ति नियमित हुनुका साथै अब उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने भएका हुन् ।
उर्लाबारी नगरपालिकाले खानेपानी निर्देशक समिति बनाएर नगरका सवै वडामा खानेपानी पुर्याउने अभियानमा लागिपरेको छ । उर्लाबारीका सबै खानेपानी आयोजनालाई ‘मर्ज’ गराई एकीकृत खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय