उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले सद्भावपूर्ण तरिकाले चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभएको छ ।
बडा दशै, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिनुभएको हो । उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले चाडपर्व भड्किलो बनाउन नहुने तर्क राख्नुभयो । उहाँले सद्भावपूर्ण तरिकाले चाडपर्व मनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका उपमेयर मिनादेवी पौडेल, नेपाली कांग्रेस उर्लाबारी सभापति सुरेन्द्र लिम्बू, नेकपा एमाले उर्लाबारी अध्यक्ष गंगाप्रसाद बास्तोला, नेकपा माओवादी केन्द्र उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाल, जनता समाजवादी पार्टी उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, राप्रपा उर्लाबारी अध्यक्ष देवी दाहाल, वडाध्यक्ष, संस्थाका पूर्वअध्यक्षहरुलगायतले चाडपर्व भड्किलो हुन नदिने सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । संघका कार्यवाहक अध्यक्ष यमलाल रसाइलीको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका मेयर खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सञ्चालन महासचिब हेम गुरुङले गर्नुभएको थियो ।























