नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि पार्टीले दिएका उमेदवारबाहेकको उमेदवारी फिर्ता लिन भनेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसोसम्म उमेदवारी फिर्ता नलिए उमेदवार, प्रस्तावक र समर्थक पनि पार्टीबाट स्वतः निस्कासित हुने बताएका छन् ।























