उर्लाबारी । नेकपा माओवादी केन्द्रका नेता विशेन्द्र चेम्जोङलाई पार्टीले प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ बन्द सूचीमा राखेको छ ।
पार्टीले आदिबासी जनजातिको कोटाबाट प्रतिनिधिसभा सदस्य समानुपातिकमा उम्मेद्वार बनाएपछि चेम्जोङ यतिबेला भेटघाटमा सक्रिय हुनुभएको हो । २०३७ सालदेखि वामपन्थी पार्टीबाट राजनीति सुरु गर्नुभएका चेम्जोङ लामो समय पहिचान, संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षाका निम्ति संघर्षमा हुनुहुन्थ्यो । उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय स्तरको नेतामा पर्नुहुन्छ । उर्लाबारी–७ निवासी चेम्जोङ बौद्धिक नेताका रुपमा पनि हेर्ने गरिएको छ । राजनीति शास्त्र र ग्रामीण विकासमा स्नाकोत्तर गर्नु भएका चेम्जोङ विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक सेवाका काम पनि गर्दै आउनुभएको छ । उर्लाबारी जेसीजको अध्यक्ष भइसक्नु भएका चेम्जोङ विभिन्न संघसंस्थामा रहेर सामाजिक काम गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय