उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले अर्को पटक प्रतिनिधिसभा सदस्यको उम्मेद्वार नबन्ने घोषणा गर्नुभएको छ ।
आज राति मोरङको मिक्लाजुङको धोवेनीमा आयोजित भेलामा बोल्दै यस पटक प्रतिनिधिसभा सांसद भएर अर्को पटक उम्मेद्वार नबन्ने घोषणा गर्नुभएको हो । ‘अन्तिम पटक तपाईहरु माँझ मत मागेको छु’ उहाँले भन्नुभयो–‘वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार निर्वाचित भएपछि मोरङ क्षेत्र नं. १ को दिगो विकासमा योजनाबद्ध लाग्छौं ।’ उहाँले प्रतिनिधिसभा सदस्यमा चुनाब चिन्ह रुख र प्रदेशसभा सदस्यमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल गर्नुभयो ।























