उर्लाबारी, उर्लाबारी नगरपालिकाले नगरभित्रका १ हजार ९ सय परिवारको नि:शुल्क स्वास्थ्य विमा गर्नका लागि नाम संकलन सुरु गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर गरिव तथा विपन्न परिवारका लागि नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यक्रम ल्याएको छ ।
नगर प्रमुख गंगाप्रसाद खरेलले नगरभित्र रहेका एक हजार ९ सय जना बिपन्न तथा गरिब घरपरिवारको नि : शुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अन्तर्गत अहिले वडा वडामा नामहरु संकलन गर्ने कार्य भईरहेको बताए ।उनले वडा कार्यालयहरुले पनि सुचना निकालेर नि :शुल्क स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरेको छन् ।
नगर प्रमुख खरेलले आफ्नो मान्छे र पार्टीको मान्छे भनेर वास्तविक बिपन्न र गरिव परिवार छुट्न नहुने भन्दै त्यसलाई ध्यान दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय