प्रतिबन्धित औषधि सहित उर्लाबारी—३ मंगलबारे (सुनपकुवा टोल) बाट २ जना युवाहरु पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले अपरान्ह १२ :३० बजे सुनपकुवा टोल स्थित निशान धिमालको घरबाट २१ वर्षिय धिमालसहित उर्लाबारी-८ का २३ वर्षिय निरोज लिम्बुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित ट्रामाडोल डाइड्रोक्लोराईड क्याप्सुल २ सय २८ क्याप्सुल सहित प्र. नं. १ -१०१२ प १२०५ नम्बरको स्कुटर र सामसुङ कम्पनीको मोबाईल एक थान मोवाईल बरामद गरेको छ ।

यसअघि उर्लाबारीमा हिजो मात्रै ब्राउन सुगर सहित दुई जना युवाहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय