उर्लाबारी । मोरङको उर्लाबारी–६ मावापुल मुनी मृत फेला परेका भोजपुर ट्याम्केमैयुम गाउँपालिका–४ बस्ने ४० बर्षीय ग्याटिसे भनिने सन्तोष राईको शव आफन्तले बुझेका छन् ।
माघ ३ गते राति मावापुल मुनी सुतिरहेको स्थानमा मृत्यु भएको थियो । उनको चिसोका कारण मृत्यु भएको स्थानीयले बताएका छन् । तर, प्रहरीले भने पोष्टमार्टमको रिर्पोट नआएसम्म के कारण मृत्यु भएको हो भन्ने थाहा नहुने बताएको छ । सन्तोषका भाई शिखर राईले शव शुक्रबार बुझेर लगेको उर्लाबारी प्रहरीले जनाएको छ ।























