उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको ५५ आंै वार्षिक उत्सव एवम् अभिभावक दिवसको अवसरमा नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोसहित एक दर्जन बढी विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको छ ।
उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहनु भएका युवा नेता फागोसहित पूर्व विद्यार्थी (विद्यावारिधी),विशिष्ट पदमा आसिन व्यक्तित्व, पूर्व प्रधानाध्यापक, प्रहरी (प्रथम श्रेणी), पूर्व मन्त्री, पूर्व मेयरलगायतलाई सम्मान गरिएको हो । कोशी प्रदेश स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । सोही अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुको लगानीमा निर्माण गरिएको सरस्वती मन्दि र शिक्षक यज्ञ दाहालको लगानीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरणसमेत गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पोमुको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङलगायतको सहभागिता रहेको थियो ।























