उर्लाबारी । नेपाल बिधुत प्राधिकरण उर्लाबारी वितरण केन्द्र अन्र्तगत उर्लाबारी – ४ आईतबारेमा निर्माण भईरहेको सबस्टेशन निर्माणलाई छिट्टै पुर्णता दिन आज स्थलगत अवलोकन गरिएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, प्राधिकरण वितरण केन्द्रका प्रमुख दिगम्बर यादव, इप्रका उर्लाबारी प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेल, सशस्त्र प्रहरी बेस क्याम्पस उर्लाबारीका इन्सपेक्टर समशेर कार्की, उर्लाबारी नपाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुरारी घिमिरे, उर्लाबारी ८ का वडाध्यक्ष कुलबहादुर कार्की, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रदेश सदस्य प्रितम खड्गी, पत्रकार लगायतको टोलीले अध्ययन अवलोकन गरेको हो ।

सो टोलीले उर्लाबारी – ८ मा सब स्टेशनका लागि ल्याउँदै गरेको बिधुत पोल गाड्न अवरोध भएकाले त्यसको समाधानका विषयमा छलफल भएको थियो । मेयर फागोले उर्लाबारीकै विकाशका लागि योजना निर्माण भईरहेकाले त्यसलाई सफल पार्न नागरिकको पनि महत्वपुर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

सब स्टेशन निर्माणमा भईरहेको बाधा अवरोधलाई हटाउँदै चाँडै नै निर्माण कार्यलाई पुर्णता दिने विषयमा छलफल भएको थियो । उर्लाबारीमा सब स्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ । सो सब स्टेशन निर्माण भएपछि उर्लाबारीसहित, रतुवामाई र मिक्लाजुङका ग्राहक लाभान्वित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय