
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको ३२ औं बार्षिक साधारणसभा आज हुँदैछ । आज विहान ११ बजेदेखि साधारणसभा आफ्नै सभाहलमा हुने अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । ब्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको उक्त संस्था उर्लाबारीमा अग्रणी मानिन्छ । नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा हुनेछ । साधारणसभाको अवसरमा उर्लाबारीका अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गरिँदैछ ।