उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको ३२ औं बार्षिक साधारणसभाको अवसरमा अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडालाई सम्मान गरिएको छ ।
आज उर्लाबारी–५ स्थित संघको सभाहलमा भएको साधारणसभामा पत्रकारिता क्षेत्रमा योगदान पु¥याए वापत अग्रज पत्रकार खतिवडालाई सम्मान गरिएको हो । उर्लाबारी उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष गोवद्र्धन शाक्य, वर्तमान अध्यक्ष प्रितम खड्गीलगायतले संयुक्त रुपमा दोसल्ला, सम्मान पत्रसहित नगद ५ हजार ५ रुपैयाँले सम्मान गर्नुभएको छ । सोही अवसरमा ब्यवसायी दिनेश शर्मा र मौरीपालक कृषक पद्मा काफ्लेलाई पनि सम्मान गरिएको छ । त्यस्तै, कृषि विकास बैंक उर्लाबारीलाई पनि सम्मान गरियो । अध्यक्ष खड्गीले यस बर्षदेखि प्रत्येक बर्ष उर्लाबारी क्षेत्रका एक जना पत्रकारलाई सम्मान गर्ने कार्यको सुरुवात गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय