
उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का युवा नेता कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले संविधानको मर्म र भावना विपरीत काम गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।
मोरङको उर्लाबारीमा आज पथरीशनिश्चरे साझेदारी वन समूहको पाँचौं बार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले प्रधामन्त्री केपी ओलीले सत्ता जोगाउन संविधानको भावना विपरीत प्रतिनिधिसभा विघटन गरी देशलाई बन्धक बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त संविधानको रक्षाका लागि सबै नेपाली एकजुट भएर ओली सरकारविरुद्ध लाग्नु पर्ने अवस्था आएको बताउनुभयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले विकास निर्माणका कार्यसमेत अबरुद्ध भइरहेको उहाँको भनाई छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपाबाट हटाइसकेको उल्लेख गर्दै नैतिकताको आधारमा राजीनाममा दिनुको विकल्प नभएको उहाँको भनाई छ । प्रदेश सभाको बैठक छल्ने र सत्ता टिकाउने खेल मुख्यमन्त्रीबाट भइरहेको भन्दै त्यसका विरुद्धमा कडा रुपमा उत्र्ने उहाँले चेतावनी दिनुभयो । ओलीका मतियारहरुलाई अब जनताले कुनै हातलमा नछोड्ने बताउँदै जनताको हितमा काम नगर्नेहरु बढालिँदै जाने उहाँको भनाई छ । ‘बैशाखमा चुनाब हुने कुनै छाटकाट छैन’ सांसद लिम्बूले भने–‘जनताले दिएको बहुमत मतलाई लत्याएर अब कुन मुख देखाएर प्रधामन्त्री ओली चुनाबका आउनु हुन्छ ? ’ प्रधानमन्त्री ओलीले जनतालाई झुटको आश्वासनको शृंखला जारी राखेको उल्लेख गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुर्नस्थापना नै अहिलेको सर्वोत्तम उपाय रहेको उहाँको भनाई छ । कमिशनको चक्करमा वन मन्त्रीको मनोमानी चलिरहेको र त्यसका विरुद्धमा वनकर्मीहरुले सशक्त रुपमा आन्दोलन अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘जे मन लाग्यो, त्यही गर्दै मन्त्रीहरु हिँडिरहेका छन्’ प्रदेश सांसद लिम्बूले भने–‘जनताको करबाट कसैलाई मोजमस्त ीगर्न छुट छैन, त्यसका विरुद्धमा हामी लड्छौं ।’
कार्यक्रम समूहका अध्यक्ष प्रकाश पौडेलको सभापतित्व एबं प्रदेश सांसद लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो ।