
उर्लाबारी । नेपाली कांग्रेसका पूर्व सभापति, प्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको ११ औं स्मृति दिवसको कार्यक्रम स्थगित भएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ ले आज मोरङको उर्लाबारीमा आयोजना गरेको स्मृति दिवस कार्यक्रम स्थगित भएको हो । कांग्रेस मोरङका नेता महेन्द्र निरौलाको निधन भएकाले स्थगित गरेको मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले जानकारी दिनुभयो । अग्रज ब्यक्तित्व निरौलाको निधनप्रति सभापति फागोले दुःख ब्यक्त गर्नुभएको छ ।