
कपिलवस्तु । आर्थिक अभावका कारण मृगौला रोगी कपिलवस्तुका ३९ बर्षीय निराजन भुसालको उपचार हुन सकेको छैन ।
विगत डेढ बर्षदेखि मृगौलाको समस्या खेपिरहेका भुसालले सहयोग हातहरुलाई सहयोगको अपिल गरेका छन् । उपचारका लागि धेरै पैसा आवश्यक पर्ने भएकाले सबैलाई सहयोगमा याचना गरेको पीडित भुसालको भनाई छ ।
उनका परिवारले बिरामी भुसालको जीबन रक्षाका लागी सरकार, विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहसंग हारगुहार गरिरहेका छन् । भुसालको उपचारका लागि ९८६६३५३३३४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।