बिकास निरौला
उर्लाबारी, आयुर्वेदिक खाद्य मार्फत स्वस्थ र सुन्दरतालाई ध्यान दिंदै मोरङको उर्लाबारी ७ ग्लोबल ओरियन्स नेपालको ब्यापारिक केन्द्र खुलेको छ ।
उर्लाबारी बजारमा बाणिज्य बैकको छेउमै उर्लाबारीमै पहिलो पटक सञ्चालनमा आएको सो व्यापारिक केन्द्रले चैत ७ गते शनिबार उद्घाटन गरेको छ । उद्घाटनमा ५ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । उक्त ओरियन्सको उद्घाटन बोर्डका सञ्चालक सदस्य डा. सुमित गौतम र डा. जगदिप चौहानले गरेका थिए ।
उर्लाबारी शाखाका बरिष्ठ एजेन्सी मेनेजर साथै बिक्री कक्ष सञ्चालक अदित लावतीले ग्राहकहरुलाई गुणस्तरीय सामग्रीहरु बिक्री गर्दै आएको बताएका छन् । उनले यस कम्पनीले बेरोजगारहरुलाई रोजगार प्रदान गर्ने उद्देश्यका साथ नेपाल सरकारको कानुन बमोजिम अघि बढ्ने लक्ष्य राखेको बताएका छन् । उनले आजको हरेकको आवस्यकता भनेको स्वास्थ र समृद्धि रहेको र त्यसको लागि ग्लोबल ओरियन्स कम्पनी कोशे ढुङ्गा सावित हुने बताएका छन् ।
उर्लाबारीसँगै देशका १० वटा मुख्य शहरहरुमा शाखा विस्तार भईसकेको जनाइएको छ । आफ्नो बिक्री कक्षहरु सञ्चालनमा ल्याएको कम्पनीले बिशेषत प्रत्यक्ष बिक्री प्रणालीमा ब्यवसाय गरेर अगाडि बढिरहेको र यसको मुख्य कार्यालय काठमाडौको बालाजुमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय