चरम याचना दिएर आत्महत्या गर्न बाध्य पारेको आरोप
उर्लाबारी । इलामको माई नगरपालिका–२ की २१ बर्षीया सनमति शेर्माको रहस्यमय मृत्यु भएको छ । बैशाख ११ गते सनमतिले घर नजिकै सलको पासो लगाएर आत्महत्या गरेपछि माइती पक्षले घटना रहस्यमय भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएको हो । १४ बर्षमै सुनिल शेर्मासँग प्रेम विवाह गरेकी सनमतिलाई चरम यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै माइती पक्षले उजुरी दिएको छ । सुलिनलाई आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुनिलको परिवारले भने आफै आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय