
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।
उनीहरुबीच पार्टीका दोस्रो पुस्ताका नेताहरुको सक्रियतामा वार्ता हुन लागेको हो ।
ओली पक्षका नेताहरुले ओली र नेपालबीच आजै जतिखेरै भेट हुन सक्ने बताएका छन् ।
त्यस्तै, नेपाल पक्षका नेताहरुले पनि पार्टीलाई एक बनाएर अघि बढ्नका लागि उनीहरुबीच भेटवार्ता हुन लागेको बताए ।
आजै भेट हुने भनिए पनि कहाँ र कुन समयमा भेट हुने भन्नेबारे टुंगो भने लागेको छैन ।