नेपाली कांग्रेसको सभापति चुन्न दोस्रो चरणको चुनाव आजै (मंगलबार) हुने भएको छ।
त्यसका लागि अहिले कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक जारी छ।
राष्ट्रिय सभागृहमा जारी बैठकले चुनावको समय तय गर्ने निर्वाचन समितका सचिव जगनाथ श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
सोमबार अबेर राति सम्पन्न निर्वाचनमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान गर्नुपर्ने भएको हो।
अब सबैभन्दा बढी मत ल्याउने २ जनाबीच प्रतिस्पर्धा हुनेछ।
कूल मत ४, ६७९ खसेको थियो। यसको ५१ प्रतिशत २३४० हुन्छ। तर कसैले यति मत ल्याउन सकेनन्।
केही बेरअघि सार्वजनिक मत परिणाम-
शेरबहादुर देउवा – २२५८
शेखर कोइराला – १७२९
प्रकाशमान सिंह – ३४७
विमलेन्द्र निधि – २७३
कल्याण गुरुङ –३२























