काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार २९२ र एन्टिजेन विधिबाट ४ हजार ३१७ एन्टिजेन परीक्षण गरिएकोमा २६४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २० हजार ६०९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ७ हजार ५१६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ जना रहेको छ ।

हालसम्म ९० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय