नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिँदैछ ।

सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।

पछिल्लो मतपरिणामअनुसार पूर्णबहादुर खड्काले १६३४ मत, विजयकुमार गच्छदारले १४४३ मत, चन्द्र भण्डारीले १२५७ मत र धनराज गुरुङले १४३७ मत प्राप्त गरेका छन् । त्यस्तै सुजाता कोइराला ४३८, महेश आचार्य ४२३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय