उर्लाबारी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुमाथि निर्घात कुटपिट भएको छ । उर्लाबारी–४ आइतबारेका इमिल थिङ लिम्बूलगायतले विद्ययार्थीहरुमाथि निर्घात कुटपिट गरेको हो । बुधबार क्याम्पसमा आयोजना भइरहेको कार्यक्रममा लिम्बूसहित गौतम तामाङलयायतको समूहले विद्यार्थीहरु रामु तिवारी र दिलिप पोखरेलेमाथि कुटपिट गरेका छन् । घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तिवारीको शरीरमा विभिन्न चोट लागेको भने पोखरेलको टाउकोमा चोट लागेको छ । उर्लाबारी बहुमुखी क्याम्पसका कुनै सरोकार नै नभएका लिम्बूसहितको समूहले क्याम्पसभित्र प्रवेश गरेर विद्यार्थीहरुमाथि कुटपिट गरेको बताइएको छ । पीडितहरुले दोषी कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय