उर्लाबारी । बढ्दो आधुनिकीकरणसँगै लोप हुने अवस्थामा पुगेको राई जातिहरुको साकेला सिली र प्राचिन संस्कारहरुको संरक्षण गर्ने उद्देश्यले मोरङको मिक्लाजुङ–१ मा उधौली पर्व साकेला मेला आयोजना गरिने भएको छ ।
किरात राईहरुको सांस्कृतिक दृष्टिकोणले दोस्रो ठूलो चाड उधौली पर्वको अवसरमा पौष ९ गते देखि ११ गतेसम्म मेला आयोजना गरिने भएको हो । सूर्योदय र सूर्यास्तको लागि श्रीअन्तु पुग्न नपर्ने यस ठाउँबाट नै सजिलै दृष्यावलोकन गर्न सकिने, स्थानिय विभिन्न खेलहरुमा सहभागि भइ मनोरञ्जन र पुरस्कार जित्न सकिने विविध साकेला नृत्य लगायत अन्य संगीतिक कार्यक्रमको माध्यमबाट भरपुर मनोरञ्जन लिन सकिने, स्थानिय (लोकल) विभिन्न विविध खाद्य र पेय परिकारहरुको स्वाद लिन पाइने जनाइएको छ । स्थानीय मह, सुन्तला, कफीलगायत प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय