
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) निकट कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपाल उर्लाबारीको नगर अधिवेशनबाट रिनाकुमारी राजवंशीको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ ।
बुधबार नेकपा (माओवादी केन्द्र) उर्लाबारीको सभाहलमा भएको अधिवेशनले राजवंशीको नेतृत्वमा १६ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य ममता राजवंशी, नेता नगेन्द्र धिमाल, पदम राई, उर्लाबारी नगरअध्यक्ष गजेन्द्र दंगाललगायतको सहभागिता रहेको थियो ।