उर्लाबारी । प्रदेश नं. १ र २ मा इर्जी सप नेपालले १ सय वटा मिनी मार्केट सञ्चालनमा ल्याउने भएको छ ।
ग्राहकहरुलाई एकै ठाउँ सम्पूर्ण सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा प्रदेश नं. १ र २ का केही भागमा मिनी मार्केट सञ्चालन गर्न लागिएको प्रबन्धक निर्देशक निलम खड्काले जानकारी दिए । बेरोजगारीहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो अवधारणा ल्याएको उनको भनाई छ । फ्याक्टीबाट सिधै खरिद गरी ग्राहकसम्म पु¥याउने भएकाले बजारमा पाइने मूल्यभन्दा इर्जी सपद्धारा सञ्चालित मिनी मार्केटमा सस्तो पर्न जाने उनले जानकारी दिए । एक स्थानीय तहमा एक मिनी मार्केट सञ्चालन गर्न लागिएको र ब्यवस्थापन इर्जी सपले गर्ने उनले बताए । पहिलो चरणमा ३ सय जनालाई रोजगारीसमेत प्रदान गर्ने लक्ष्य रहेको उनले बताएका छन् । आफ्नै देशमा केही गर्न सकिन्छ भनेर इर्जी सपले मिनी मार्केट सञ्चालनको तयारी थालेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय