उर्लाबारी । मोरङको उर्लाबारीमा सञ्चालित तेस्रो मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा वडा नं. ५ विजयी भएको छ । वडा नं. २ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ५ सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा वडा नं. ५ का पासाङ तामाङले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नं. ५ का विकास राई घोषित भए । उनलाई नगद ३ हजारसहित ट्रफी सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष नवराज भट्टराईले प्रदान गरे । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा वडा नं. ५ ले वडा नं. ६ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल वडा नं. ७ र वडा नं. ८ बीच हुने आयोजकका संयोजक विशाल तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय